यूवतीको अश्लिल भिडियो सार्वजनिक गरी आत्महत्या दुत्साहान गरेको आरोपमा यूवक पक्राउ
धनगढी, २८ वैशाख । धनगढीमा युवतीको अश्लिल भिडियो सार्वजनिक गरी आत्महत्या गर्न दुत्साहान गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालीका वडा नम्बर ७ का २३ वर्षीय सन्तराम चौधरी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
यूवती शनिबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीको सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी थिईन् । गौरीगंगा ९ शंकपुरकी १९ वर्षीय लक्ष्मी देउवाको फेसबुकबाट अश्लिल भिडियो र फोटो पोष्ट गरेको यूवकला आरोप छ ।
अश्लिल भिडियो र फोटाहरु फेसबुक मार्फत सार्वजनिक भएपछि यूवती आत्महत्या गरेको उजुरीका आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
यूवकको मोवाईलमा सार्वजनिभ भएको अश्लिल भिडियो, फोटा, र फेसबुक आईडी समेत लगईन अवस्थामै भेटिएको प्रहरी नायब उपरिक्षक बस्नतेले बताए। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ ले कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरे वा गराए पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरीवाना गराउने कानूनी व्यवस्था गरेको छ ।













