कोरोना अपडेट : अमेरिकामा ८० हजारको मृत्यू
कैलाली, २८ वैशाख । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट अमेरिका मृत्यू हुनेको संख्या ८० हजार ०३७ पुगेको छ । १३ लाख ४७ हजार ३०९ संक्रमित मध्ये २ लाख ३८ हजार ०७८ निको भएको विश्व तथ्यांकले जनाएको छ । यो तथ्यांकले मृतकको संख्या बढ्दै गएको देखाउछ ।
हालसम्म विश्वभर करिब ४१ लाख ०१ हजार ८८९ मानिस कोरोनाबाट संक्रमित भएका छन् भने २८ लाख ४ हजार ४३ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा १४ लाख ४१ हजार ८१५ जना निको भएको तथ्यांकमा उल्लेख भएको । अहिले सम्म बेलायत र नेदरल्याण्डमा भने निको हुनेको संख्या सून्य रहेको छ । बेलायतमा २ लाख १५ हजार २६० जना संक्रमित मध्ये ३१ हजारको ५८७ मृत्यू भईसकेको छ । यस्तै नेदरल्याण्डमा ४२ हजार ३८२ संक्रमित मध्ये ५ हजार ४२२ को मृत्यू भएको छ ।
नेपालको छिमेकी मुलुक भारतमा भने ६२ हजार ९३९ संक्रमित मध्ये २ हजार १०९मानिसको मृत्यू भएको छ । यहाँ १९ हजार ३५८ मानिस निको भएका छन् ।













