अछाम, २७ बैशाख । अछामबाट सुत्केरि महिलाको उद्दार गरिएको छ । सुदूर पश्चिम प्रदेश सरकारले अछाम रामारोशन गाउँपालिका ६ भाटाकाटियाकि २४ बर्सिया देउमी साउदलाई उद्धार गरेको हो ।
सुत्केरी भएपछि पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवंम पिसाब रोकिएपछि साउँदलाई सामाजिक बिकास मन्त्री कृष्ण सुवेदी को पहलमा नेपालगन्ज पठाइएको मन्त्रीका स्वकीय सचीव लोकेन्द्र धामी बताए ।
बयलपाटा अस्पतालमा सुत्केरी भएकी महिलामा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको उनले जानकारी दिए ।













