थप सात जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १०९ पुग्यो

काठमाडौँ, २७ बैशाख । नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला टेकु र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा कोरोना पुष्टि भएको हो।

उदयपुर भुल्के निवासी १८, ४५ र ६५ बर्षका महिला र कपिलवस्तु निवासी १७, १८ र १८ बर्षका पुरुष तथा पर्सा छपकैयाका ६२ बर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा संक्रमितको संख्या १ सय ९ पुगेको छ ।