नेपालमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं, २५ वैशाख । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १०१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कपिलबस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो। उनीहरुको स्वाबको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो।