बन्दाबन्दीले मल र धानको वीउ अभाव, मौसम बदलापसंगै किसानलाई खेतिको चिन्ता
धनगढी, २५ वैशाख । कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकमा बन्दाबन्दी भएको ४५ दिन भईसकेको छ । यो वर्ष मौसमको बदलापमा पनि निकै फरक देखिएकोले किसानहरुलाई खेतिको चिन्ता हुन थालिसकेको छ । बन्दाबन्दीले किसानहरु उन्नत जातको धानको वीउ, रमसमयनिक मल पाएका छैनन् ।
कैलारी गाउँपालिका वडा नं. ८ दुधियाका भलमन्सा राजाराम चौधरी भन्छन् यो वर्षको मौसममा निकै बदलाप देखिएको छ । पानी परेकै परे छ । किसानहरुलाई धनको वीउ छर्न निकै हतार भइसकेको उनको भनाई छ ।
उनले बन्दाबन्दीको कारण किसानहरु अहिले सम्म खाद मल पाएका छैनन् । यो वर्षको खेति कसरी गर्ने होला भन्ने चिन्ता व्यक्त गरे ।













