आज २५६४ औं बुद्ध जयन्ती, सामाजिक दूरी कायम गर्दै पुजा प्रार्थना
धनगढी, २५ वैशाख । आज २५६४ औं बुद्ध जयन्ती । बौद्ध धर्मावलम्वीहरू सामाजिक दुरी कायम गर्दै पुजापाठ गरिरहेका छन् । यस वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीका त्रासले बुद्ध जयन्तीका अवसरमा गरिने औपचारिक कार्यक्रम आयोजना भएका छैनन । विश्व शान्तिको कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ।
शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।
लुम्बिनीस्थित विहार, मोनाष्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन विहान पूजापाठ गरी मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिब ज्ञानीन राईले जानकारी दिए । राइका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरि पूजा र प्रार्थना गरिँदैछ ।













