कमैया प्रथा उन्मूलन समाजद्वारा मुक्त कमैया परिवारलाई राहत
जोशीपुर, २४ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दीमा परेका मुक्त कमैया परिवारलाई कमैया प्रथा उन्मूलन समाजले राहत वितरण गरेको छ ।
समाजले मुलुकमा बन्दाबन्दी भएको ४४ औं दिन सम्म मजदुरी गरि खाने परिवारको चुलो बल्न सहयोग गरेको हो । यो बेला मुक्त कमैयाहरुलाई एकदमै समस्या भएकोले संस्थाले उहाँहरुलाई राहत उपलब्ध गराएको अध्यक्ष बसन्ती चौधरीले बताईन् ।
उनले जोशिपुर गाउँपालिका वडा न.ं३ रामनगरका मुक्त कमैया शिविरमा ३८० घरलाई राहत उपलब्ध गराएको जानकाी दिईन् । उनले सो राहत वडा कार्यालयको समन्वयमा र क्रिचियन एड नेपालको आर्थिक सहयोगमा प्रति घर २५ के.जी चामल, २ के.जी. मसुरो दाल, १ के.जी. नुन र २ वटा साबुन दिएको अध्यक्ष चौधरीले बताईन् ।
उनले राहत वितरण कार्यक्रममा गाउँपालीकाका प्रतिनिधी, वडा अध्यक्ष, वडा सदस्य, भल्मन्साको उपस्थितिमा गाउँपालिकाको मापदण्ड अनुसार खाद्यन्न बितरण गरिएको बताईन् । दाेस्रो चरणको राहतमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराउने योजना रहेको उनको भनाई थियो ।













