२ महिने शिशुसहित थप १७ जनामा कोरोना पुष्टि, नेपालमा ९९ पुग्यो

काठमाडौं, २४ वैशाख । पछिल्लोपटक पर्साका १७ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या अब ९९ पुगेको छ । जसमध्ये ७१ जना पुरुष र २८ जना महिला छन् ।

पर्सामा भेटिएका १७ संक्रमितमध्ये १० पुरुष र ७ महिला छन् । उनीहरू २ महिनादेखि ६६ वर्ष उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।