पाँचौंपटक थपियो लकडाउन, जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं, २४ वैशाख । कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । चैत ११ गतेदेखि लागू गरेको लकडाउन पाँचौंपटक थपिएको हो ।

वैशाख २५ गतेसम्म कायम गरिएको लकडाउन बढाउँदै बुधवारको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म पुर्‍याएको एक मन्त्रीले जानकारी दिए ।