बन्दाबन्दीमा थारु यूवति भिडियो सुटिड्डको ज्ञान बटुल्दै
कैलाली, २४ वैशाख । बन्दाबन्दीको अवसरमा थारु यूवतिहरु भिडियो सुटिड्डको ज्ञान बटुलिरहेका छन् ।
धनगढी उप–उपमहानगरपालिका वडा नं. ७ का कोपिला चौधरी बन्दाबन्दीको बेला यूटुभ हेरेर भिडियो मिक्सिड्ड गर्न सिकिरहेको बताईन् । उनले आफ्नो टोलका थारु यूवतिहरुलाई भिडियो सुटिड्ड गराएर मिक्सिड्ड गर्न लागेको बताइन् ।
कोपिला अरुबेला फेसन डिजाईन कोर्ष गरिरहेकी छिन् । कोरोना भाईरसको कारण मूलुकमा बन्दाबन्दी भएको ४४ औं दिन भईसकेको छ । उनी भन्छिन् ‘यो बन्दाबन्दी कहिले खुल्ने हो थहाँ भएन, बन्दाबन्दीको समयलाई सदुपयोग गर्न आफ्नै टोलका थारु युवतिहरुलाई थारु संस्कृति झल्किने गितमा सुटिड्ड गराई रहेकी छु । फेसन डिजाईनसंगै भिडियो मिक्सिड्डको पनि ज्ञान बटुलिरहेका छौं ।’

यस्तै भिडियो सुटिड्डमा मोडलिड्ड गरिरहेका गंगा चौधरीपनि बन्दाबन्दीको बेला मोडलिड्ड गरेर समय सदुपयोगसंगै मनोरञ्जन लिईरहेको बताईन् । फुर्सदको समयमा नयाँ नयाँ ज्ञान बटुलेर दिन विताईरहेको उनको भनाई छ ।
बन्दाबन्दीको समयमा महिला महिला मिलेर सर्ट भिडियो तयार पर्दा निकैनै आनन्द आईरहेको मोडलिड्ड सोनम चौधरीको अनुभव छ । उनले प्रयास गरे सफल भईन्छ भन्ने पाठ सिकाई भईरहेको बताईन् ।
भिडियो सुटिड्डमा कोपिला चौधरी क्यामरा डाइरेक्टर रहेकी छिन् भने गंगा चौधरी, सोनम चौधरी, अनुष्का चौधरी मोडलिड्ड गरेका छन् । रेणुका चौधरी प्रावधिकमा साथ दिईरहेकी छिन् ।













