लकडाउनको समयमा कैलाली प्रहरीद्धारा साढे छ हजार लिटर मदिरा बरामद
धनगढी, २४ बैशाख । सरकारले जारी गरेको लकडाउनको समयमा कैलालीमा प्रहरीले ठूलो परिणाममा मदिरा बरामद गरेको छ ।
जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाट लकडाउन अवधिभर बेवारिसे अवस्थामा एक हजार दुई सय बोतल सिल प्याक मदिरा तथा ६ हजार ८ सय लिटर अबैध घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले उक्त मदिरा बरामद गरेको हो ।

उक्त बरामद अबैध घरेलु मदिरा सरोकारवालाको रोहबरमा नष्ट गरिएको र सिल प्याक मदिरा कर दाता सेवा कार्यालय लम्कीमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।













