भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिले बढ्दै
कैलाली, २३ वैशाख । भारतमा कोरोनाभाइरसको संक्रमण तिब्रगतिले बढिरहेको छ । प्रतिदिन एभरेजमा तीन हजारका दर बृद्धि भईरहेको छ ।
शुक्रबार सम्म ३७ हजार ३३६ संक्रमित रहेका थिए भने मंगलबार (आज) को तथ्यांक अनुसार ४६ हजार ४३७ जना पुगेका छन् । त्यसमध्ये १२ हजार ८४७ जना निको भएका छन् भने १ हजार ५६६ जनाको मृत्यु भएको छ।
विश्वमा कोरोना संक्रमणबाट ११ लाख ९५ हजार ०७० जना सञ्चो भएर घर फर्किसकेका छन् । यस्तै ३६ लाख ४५ हजार ५३९ जना संक्रमित मध्ये २ लाख ५२ हजार ३९६ जनाको मृत्यू भएको छ ।
कोरोना भाईरसले बेलायत र नेदरल्याण्डमा भने अहिले सम्म निको हुने विरामीको संख्या शून्य रहेको छ । बेलायतमा हाल सम्म १ लाख ९० हजार ५८४ जना संक्रमित मध्ये २८ हजार ७३४ जनाको मृत्यू भइसकेको छ । यस्तै नेदरल्याण्डमा ४० हजार ७७० जना संक्रमित मध्ये ५ हजार ०८२ जनाको मृत्यू भईसकेको छ ।
नेपालमा भने हाल सम्म ८२ जना संक्रमित मध्ये १६ जना सञ्चो भएर घर फर्किसकेका छन् ।













