नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो
नेपालगञ्ज, २३ वैशाख । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित नेपालगञ्जकै रहेको बताएको छ । नेपालगञ्ज ८ का २२, ३०, ४० वर्षीय पुरुष तथा ९ वर्षीया बालिकासहित ३२, ३४, ५५ वर्षीया महिलाहरूमा कोरोना पुष्टि भएको हो ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।













