जिल्ला प्रशासन कार्यालय आजदेखि ईपास सेवा बन्द गर्यो

धनगढी, २२ बैशाख । जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनको अबधिमा दिदै आएको ई पास बन्द गर्ने निर्णय गरेको छ ।

बैशाख ३ गते प्रशासनले दिदै आएको ई पास आजदेखि नदिने निर्णय गरेको हो ।अत्यावश्यकीय प्रयोजनमा प्रशासनले सवारी साधन चलाउन ईपास दिदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीले ईपास दिनै पर्ने भएमा जानु पर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्र दिईने बताएका छन् ।