नवजीवन सेवा संघ धनगढीले कैलारी गाउँपालिकालाई राहत हस्तान्तरण

कैलाली, २१ वैशाख । नवजीवन सेवा संघ धनगढीले कैलारी गाउँपालिकालाई ठूलो परिमाणमा राहत सामग्री हस्तान्तरण गरेको छ ।

लकडाउनका कारण काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेको हो । संघका सचिव जितेन्द्र श्रेष्ठले गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई आज राहत सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए ।

संघले ४०० घरधुरीका लागि १२० क्वीन्टल चामल, १२ क्वीन्टल दाल, खाने तेल ८०० लिटर, नून र चिनी आठ/आठ सय किलोग्राम र एक हजार ६०० थान साबुन सहयोग गरेको छ ।

राहत सामग्री हस्तान्तरण अवसरमा गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटा, गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरी, नवजीवन सेवा संघका संयोजक टेकेन्द्र ठकुल्ला, कर्मचारी प्रवीण श्रेष्ठको उपस्थिति रहेको थियो ।