नेपालगञ्जमा ९ र पर्सामा १ गरि थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

कैलाली, २१ वैशाख । नेपालमा कोरोनाभाइरस (कोभिड( १९) संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी नेपालगञ्जमा ९ र पर्सामा १ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ ।

नेपालगञ्जमा भेटिएका ९ संक्रमितमा ५ पुरुष र ४ महिला रहेको तथा उनीहरू ७ वर्षदेखि ५८ वर्ष उमेर समूहको बीचमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पर्साका संक्रमित ३६ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले बताए ।