कैलाली उद्योग बाणिज्य संघद्धारा नगद सहित राहत हस्तान्तरण
धनगढी, २० बैशाख । कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेकाहरुकालागि धनगढी उपमहानगरपालिकालाई नगद सहित राहत सामाग्री हस्तान्तरण गरेको छ ।
उद्योग वाणिज्य संघका अध्यष पुष्पराज कुँवर, बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको टोलीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सो राहत हस्तान्तरण गरेका हुन् । संघले १ लाख ६९ हजारको खाद्यान्न र ३ लाख ३२ हजार नगद उपलब्ध गराउने गरि समझदारी पत्र हस्तान्तरण गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।
उनले नगद र खाद्य सामाग्री गरेर ५ लाख १ हजार बराबर राहत धनगढी उप–महानगरपालिकालाई उपलब्ध गरेको बताए ।
अध्यक्ष कुँवरका अनुसार होटल ब्यावसायी संघ कैलाली बाट २५ हजार , हार्डवयर ब्यावसायी संघ कैलाली २१ हजार ७५ वराबरको खाद्यान्न, नाटा सुदूरपश्चिम बाट ५ हजार, किराना ब्यावसायी संघबाट ६ हजार ५००, धनगढी होलसेल ब्यावसायी संघबाट ६ हजार १००, मदिरा ब्यावसायी संघ कैलालीबाट १६ हजार ८ सय ७५, ईलेक्ट्रोनिक्स ब्यावसायी संघ कैलालीबाट १६ हजार ८ सय ७५, पुस्तक ब्यावसायी संघ कैलालीबाट १५ हजार, पोल्ट्री ब्यावसायी संघ कैलालीबाट १८ हजार र तरकारी ब्यावसायी संघ कैलालीबाट ३८ हजार बराबरको आलु संकलन गरेर राहत स्वरुप उप–महानगरपालिकालाई उपलब्ध गराईएको हो ।
कैलाली उद्योग बाणिज्य संघले गरेको सहयोग लकडाउनका कारण समस्यामा परेकाहरु सम्म पु¥याउने नगरप्रमुख वडले बताए । उनले कैलाली उद्योग वाणिज्य संघलाई धन्यवाद दिए ।













