बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ
कैलाली, २० बैशाख। कैलालीको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गरेको आरोपमा उनका श्रीमान र जेठाजु पक्राउ परेका छन् ।
१ बर्ष पहिले किशोरीको मागी बिबाह भएको थियो । पीडितले १७ बर्षीय श्रीमान र जेठाजु मिलेर बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी दिएकी थिईन् ।
जिल्ल प्रहरी कार्यालय कैलालीले उजुरीको आधारमा दुबै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा वैशाख १६ गते उजुरी आएपछि महिलालाई सुरक्षित अवास गृह (सेफ हाउस)मा राखिएको बताए । बस्नेतका अनुसार शुरुमा घरेलु हिंसा भनेर उजुरी आएकोले कोरोनाको त्रासका कारण पीडितका श्रीमान र जेठाजु सम्झाई बुझाई दुबैजनालाई परिवारको जिम्मा लगाइएको जानकारी दिए ।
अर्को दिन युवती र उनका माईती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पुन पक्राउ गरि जिल्ला ल्याइएको बस्नेतले बताए। उनिहरुको आइतबार म्याद थप गरिने जानकारी दिएको छ ।
यसैबीच सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्। जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो। उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्धा मिलाइदिन्छु भनी आरोपीसँग घुस माग्दै गर्दा पक्राउ गरिएको थियो ।













