बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना, नेपालमा संक्रमित संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख । नेपालमा थप दूई जनाको कोरोना पुष्टि भएको छ । रुपन्देही र बाँकेका २५ र ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । दुबैको अवस्था भने सामान्य छ । यो संगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ ।