आज श्रमिक दिवस : स्थानीय सरकारको सन्देश, बन्दाबन्दीमा कसैको रोजगारी नखोसियोस्
धनगढी, १९ बैशाख । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभ कामना ब्यक्त गरेका छन् । शुभकामना सन्देशमा स्वदेश तथा बिदेशमा रहेका नेपाली श्रमजीवीहरुको रोजगारी नखोसियोस् भन्ने शुभकामना सन्देश दिएका हुन् ।
श्रमिक बर्गको हक अधिकार प्राप्तिका लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तराष्ट्रिय श्रमिक दिवस तथा मजदूर दिवसको रुपमा मनाउने गरिन्छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो संविधानले सबै श्रमिकलाई श्रम अनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको ब्यबस्था गरेको छ तर कार्वान्वयन प्रभावकारी हुन सकेको छैन ।’
यो वर्षको श्रमिक दिवस कोरोना भाइरस (कोभिड १९) को माहामारीले सबै रोजगारी दाता, श्रमजीवि मजदुरहरु बन्दाबन्दीमा छन् । यो असहज परिस्थितिमा श्रमिकहरुको रोजगारी नखोस्न र सहजढंगले पारिश्रमिक उपलब्ध गराउन सम्वद्ध पक्षहरु संग अनुरोध पनि गरिएका छन् ।













