अलबिदा ! बलिउड अभिनेता ऋषि कपुर

बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको मुम्बईको अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए।

कपुरलाई बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई ज्वरो आएको थियो भने छातीमा संक्रमण भएको थियो।

बुधबार मात्र अर्का अभिनेता इरफान खानको पनि क्यान्सरकै कारण निधान भएको थियो।