थप तीन जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितहरुको संख्या ५७ पुग्यो
काठमाडौं, १७ बैशाख । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती तीनजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । अब नेपालमा कोरोना संक्रमित सङ्ख्या ५७ पुगेको छ ।













