थरुहट मोर्चाद्वारा काठमाडौंमा अलपत्र परेका ७२७ जनालाई राहत
कैलाली, १६ वैशाख । बन्दाबन्दीमा काम नपाएपछि भोकभोकै बस्न बाध्य मजदुर र घर फर्किन नसकेका विद्यार्थी गरि ७५२ जनालाई थरुहट थारुवान राष्ट्रिय मोर्चाले राहत सहयोग गरेको छ ।
बन्दाबन्दी भएपछि काठमाडौ, ललितपुर र भक्तपुरका ५०० मजदुर र २२७ विद्यार्थीहरुलाई राहत स्वरुप दाल, चामल, नुन र तेल सहयोग गरेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले जानकारी दिए ।
उनले खाना नपाएर भोकभोकै बसेकाहरुलाई राहत दिएको बताए । राहत पाएपछि मजदुर तथा विद्यार्थीहरुले काठमाडौमा पनि आफूहरुलाई सहयोग गर्ने भगवान रहेको बताए । विभिन्न जिल्लाबाट मजुदुरी गर्न काठमाडौ आएकाहरु बन्दाबन्दी भएपछि घर फर्किन पाएनन् ।
मोर्चाले बन्दाबन्दीको बेला ५२ क्यून्टल चामल, ५ क्यून्टल दाल, २ सय लिटर तेल र नुन वितरण गरेको थहरुट नेता थारुले बताए ।
उनले बन्दाबन्दी भएपछि खाद्यान्नको समस्या भएका मजदुर तथा विद्यार्थीहरुलाई खोजी गरि राहत दिएको बताए ।













