बन्दाबन्दीमा सुत्केरी तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
धनगढी, १५ वैशाख । बन्दाबन्दीको अवधिमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
उप–नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा बताइएके छ । नगरपालिकाले सेती प्रादेशिक अस्पतालको प्रसुती गृह सम्म मात्रै निःशुल्क सेवाको ब्यबस्था गरिएको जनाएको छ । धनगढी बाहिर जानलाई भने यो सेवा छैन ।
धनगढी उप–महानगरपालिका भित्रका अस्पतालहरुमा पु¥याउन यस्तो एम्बुलेन्स २४ औंं घण्टा तयारी राखिएको उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन् । उनले एम्बुलेन्सको शुल्क तिर्न सक्नेलाई यो सेवा निशुल्क नरहेको बताए ।
सुत्केरी, गर्भवती र प्रशव अवस्था भनेको अति शंवेदनशील अवस्था हो उप–प्रमुख भट्टले भनिन्, त्यस कारण धनगढी उप–महानगरपालिकाले यस्तो निर्णय लिएको हो । लकडाउनका कारण ज्यालादारी काम गर्न नपाएका मजदुर परिवार, अति बिपन्न र गरिव परिवारमा समस्या हुने भएकाले एम्बुलेन्स सेवा निशुल्क गरिएको उप–प्रमुख भट्टले बताईन ।
एम्बुलेन्स सेवाका लागि से १ च १२१८ नम्बरको एम्बुलेन्स तयारी अवस्थामा रहेकाले समस्यामा परेका र शुल्क तिर्न नसक्नेलाई नगरप्रमुख, उप–प्रमुखको ब्यक्तिगत मोवाईल नं वा एम्बुलेन्स चालकको मो नं ९८६८५७२३७७ मा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।













