कोरोना अपडेट : बेलायतमा डेढ लाख संक्रमित मध्ये २० हजारको मृत्यू, सञ्चो कोही पनि भएनन्

कैलाली, १५ वैशाख । कोरोना भाइरसबाट बेलायतमा हाल सम्म एक जनापनि निको भएका छैनन् । १ लाख ५२ हजार ८४० जना संक्रमित मध्ये २० हजार ७३२ जनाको मृत्यू भइसकेको विश्व तथ्यांकले जनाएको छ ।

सोमबार दिउसोको तथ्यांक अनुसार विश्वभरमा ज्यान गुमाउनेको २ लाख ०७ हजार २५७ पुगेको छ । हाल सम्म विश्वमा ३० लाख ०४ हजार ८९१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ , जसमा ८ लाख ८२ हजार ९५४ विरामी सञ्चो भएर घर फर्किसकेका छन् । विश्वको तथ्यांक अनुसार १९ लाख १४ हजार ६८९ जना उपचारमै रहेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाएका छन् । यहाँ ५५ हजार ४१५ को मृत्यू भएको छ । त्यसै गरी इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ को मृत्यू भएको छ ।

यस्तै कोरोना भाइरस जहाँबाट शुरु भयो त्यो ठाउँ भने शून्यमा झरेको छ । चिनको बुहानबाट शुरु भएको भाइरस विश्वभर महामारीकैरुप लिन पुगेको हो । चिनमा ८२ हजार ८३० जना संक्रमित भएका थिए । जहाँ ४ हजार ६३३ जनाको मृत्यू भएको थियो भने हाल ७७ हजार ४७४ जना विरामी संञ्चो भएर घर फर्किसकेका छन् ।

यस्तै नेपालको छिमेकी देश भरतम ८८४ जनाको मृत्यू भएको छ भने २ हजार ,९७७ जना कोरोना संक्रमित भएको पुष्टि गरिएको छ ।
नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । हालसम्म ५२ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।