नवजीवन अस्पतालमा नियमित खोप शुरु भएपछि एकै दिन १११ जनालाई सेवा

धनगढी, १४ बैशाख । नवजीवन अस्पतालमा लकडाउनपछि बन्द रहेको खोप सेवा शुरु हुँदा एकै दिन १ सय ११ जनाले सेवा लिएका छन् । अस्पतालले बालबालिकाहरुलाई खोप जन्य रोगको जोखिमलाई मध्ये नजर गर्दै हरेक आइतबार सेवा दिने जनाएको छ ।

अस्पतालले सूचना जारी गर्दै बालबालिकाहरूका लागि लगाइने विभिन्न खोपहरू हप्ताको एक दिन सञ्चालन हुने जनाएपछि बालबालिका बोकेर अभिभावकहरु नवजीवन अस्पताल पुगिरहेका छन् ।

अस्पतालले हप्ताको एक दिन हरेक आइतबार खोप सेवा विहान १० बजेदेखि दिउँसो ३ बजे सम्म सेवा लिन सकिने अस्पतालले जनाएको छ । साथै खोप सेवा लिन छुटेका गर्भवती र बालबालिकाहरुलाई अब नियमित खोप सेवा दिइने छ । नवजीवन अस्पतालले आजदेखि ओपीडि सेवा पनि सञ्चालनमा ल्याएको जनाइएको छ ।