बन्दाबन्दीको एक महिना : सात जना महिला झुण्डिएर आत्म हत्या
धनगढी, १४ वैशाख । बन्दाबन्दीको बेला विश्वभरी नै महिला हिंसा बढेको महिला अधिकारकर्मीहरुको भनाई छ । नेपालको तथ्यांकमा पनि एक महिनामै धेरै अपराधको घटना घटेको देखाइएको छ ।
कैलाली जिल्लामा मात्रै बन्दाबन्दीको एक महिनाको अवधिमा ११ जना झुण्डिएर आत्म हत्या गरेको तथ्यांक छ । जसमा महिलाको संख्या सात रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार ७ जना महिला झुण्डिएर, ४ जना महिला आत्म हत्या दुरुत्साहन र एक जना विष सेवन गरि आत्म हत्या गरिएको बताए ।
झुण्डिएर आत्म हत्या गर्नेमा पुजा टमट्टा, नरायणी चौधरी, विसरा चौधरी, लौनियादेवी चौधरी, किरन राना, बसरामीदेवी चौधरी रहेका छन् । त्यसै गरि नन्द बहादुर शाही, कवि वन, राम आषिश यादव र देवबहादुर खत्री पनि झुण्डिएर आत्म हत्या गरेका हुन् ।
यस्तै धनगढी उपमहानगरपालिका १३ का जानकीदेवी धामी विष सेवन गरि आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रवक्त वस्नेतका अनुसार तुल्सी घर्ती क्षेत्री चौधरी, सुनिता चौधरी, टिका विक र गौरी साउदको आत्म हत्या दुरुत्साहनमा मृत्यू भएको छ ।
बन्दाबन्दीको बेला सबै जना घर भित्रै बस्नु पर्ने निर्देशन पश्चातपनि यसरी घटनाहरु हुनु भनेको देशमा आपराध गर्ने मानसिकता मौलाएको अनुमान गर्न सकिन्छ ।













