कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५४ हजार बढीको मृत्यू
कैलाली, १४ वैशाख । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । आइतबार विहान १२ बजेको सम्म विश्वभरमा ज्यान गुमाउनेको २ लाख ३ जहार २९९ पुगेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाएका छनु । यहाँ ५४ हजार २६५ को मृत्यू भएको छ । त्यसै गरी इटलीमा २६हजार ३८४, स्पेनमा २२ हजार ९०२, फ्रान्समा २२ हजार६१४ पुगेको छ ।
कोरोना भाइरसबाट बेलायतमा पनि २० हजार ३१९ को मृत्यू भएको छ । यस्तै जर्मनीमा ५ हजार ८७७, इरानमा ५ हजार ६५०, बेल्जियममा ६ हजार ९१७, ब्राजिलमा ४ हजार ०५७, नेदरल्याण्डमा ४ हजार ४०९ जनाको मृत्यू भएको छ ।
यस्तै नेपालको छिमेकी देश भरतम ८२५ जनाको मृत्यू भएके छ भने २६ हजार ४९६ कोरोना संक्रमित हरेकाछन् । अहिले विश्वभर कोरोनाबाट २९ लाख २१ हजार ५१३ संक्रमित भएका छन् । जस मध्ये ८ लाख ३७ हजार ०३० जना विरामी उपचारपछि घर फर्किसकेका छन् ।
नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । हालसम्म ४९ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा १२ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।













