दार्चुलाको महाकाली नदिबाट एक महिलाको उद्दार
दार्चुला, १४ बैशाख । दार्चुलाको महाकाली नदीबाट एक महिलाको उद्धार गरिएको छ । आइतबार विहान व्याँस गाउँपालिका १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले महाकाली नदीबाट उद्धार गरेको हो ।
महाकाली नदिमा बग्दै आएकी ऐतवाल महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरि जिल्ला अस्पताल पु¥याइएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए ।
उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई छिट्टै अन्यत्रै रेफर गर्नुपर्ने देखिएको जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले बताए ।
उनले आइतवार विहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ । उनले किन नदिमा हाम फाले भन्ने बुझिएको छैन् ।













