कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या झण्डै २ लाख

कैलाली, १३ वैशाख । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या झण्डै २ लाख पुगेको छ । कोरोना भाइरसबाट आज राती ९ बजेसम्म विश्वभरमा ज्यान गुमाउनेको १ लाख ९९ जहार ४८६ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ५२ हजार ३५९ को मृत्यू भएको छ । त्यसै गरी इटलीमा २५ हजार ९६९, स्पेनमा २२ हजार ९०२ पुगेको छ ।
यस्तै भरतम ७२० जनाको मृत्यू भएके छ भने २४ हजार ९४२ कोरोना संक्रमित हरेकाछन् । अहिले विश्वभर कोरोनाबाट २८ लाख ६३ हजार ०७४ संक्रमित भएका छन् । जस मध्ये ८ लाख १६ हजार ००३ विरामी उपचारपछि घर फर्किसकेका छन् ।

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । हालसम्म ४९ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा १२ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।