नेपालमा कोभिड १९ संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं, १२ वैशाख । नेपाल कोभिड १९ संक्रमितको संख्या ४९ पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले थप एक जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले झापा निवासी ६२ वर्षीय पुरुषमा थप नयाँ संक्रमण देखिएको बताए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।

हाल उनी आइसोलेसनमा उपचारर्थ रहेका र स्थिति सामान्य रहेको सहप्रवक्ता अधिकारीले बताए ।