बन्दाबन्दीमा हिंसामा परेकालाई सुरक्षित अवास स्थापना
धनगढी, १२ वैशाख । बन्दाबन्दीमा हिंसामा परेकाहरुलाई आपतकालिन सुरक्षित अवासगृह स्थापना भएको छ । ओरेक नेपाल र गौरीगंगा नगरपालिकाको सयूक्त लगानीमा सो अवास गृह स्थापना भएको हो ।
बन्दाबन्दीको बेला हिंसा प्रभावितहरुलाई सुरक्षित अवास, मनोपरार्श र सामान्य स्वास्थ्य चेक जाँच सहितको सुविधा सम्पन्न अवास गृह स्थापना गरिएको आरेक नेपालका जिल्ला संयोजक विनु रानाले बताइन् ।













