नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ वैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भएर घर फर्किसकेका छन् ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।