कैलारी गाउँपालिकालाई इन्फ्रारेड थर्माटिमर हस्तान्तरण

हसुलिया, ११ वैशाख । सामाजिक कार्य गर्दै आएका संस्थाले कैलारी गाउँपालिकालाई इन्फ्रारेड थर्मामिटर सहयोग गरेका छन् ।

एनएलआर र एनएनएसडब्लूएले सो गाउँपालिकालाई थर्मामिटर सहयोग गरेका हुन । सो संस्थाकोतर्फबाट मुकेश पन्तले आज गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई थर्मामिटर हस्तान्तरण गरे ।

कोरोना भाइरस (कोभिड–१९) को महाव्याधीका्े सङ्क्रमण रोकथामका लागि विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।