आज आमाको मुख हेर्ने दिन
धनगढी, ११ वैशाख । आज वैशाखकृष्ण पक्ष औँसी अर्थात् आमाको मुख हेर्ने दिन । श्रद्धा, भक्ति र सम्मान गर्दै आमाबाट आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्व मनाइन्छ ।
आजको दिन छोराछोरीले आफ्नी आमालाई नयाँ लुगा, गहना, फलफूल, मिठाइँ लगायत आमालाई मन पर्ने सामान उपहार दिएर आशीर्वाद थाप्ने चलन छ ।
शास्त्रहरूका अनुसार हरेक मान्छेले आफ्नो जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
सन्तानलाई नौ महिना गर्भमा राखेर अनेक दुस्ख अप्ठ्यारा सही सन्तानकै लागि जीवन बिताउने संसारका सबै महान आमाहरूलाई नमन् ।













