कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १ लाख ८३ हजार नाघ्यो

कैलाली, ११ वैशाख । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८३ हजार ८९४ पुगेको छ । कोरोना भाइरसबाट आज विहान ५ः४९ बजेसम्म विश्वभरमा ज्यान गुमाउनेको यस्तो रहेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ४७ हजार ६३९, इटलीमा २५ हजार ०८५, स्पेनमा २१ हजार ७१७ तथा फ्रान्समा २१ हजार ३४० जनाको मृत्यू भईसकेको छ । यस्तै भारतमा ६८१ जनाको मृत्यू भएको छ भने २१ हजार ३७० जना संक्रमित भएका छन् ।

अहिले विश्वभर कोरोनाका २६ लाख ३४ हजार ५२९ संक्रमित भएका छन् जस मध्ये ७ लाख १७ हजार २८७ विरामी उपचारपछि घर फर्किसकेका छन् ।

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ४५ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ७ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।