भगवान भरोसामा बाँचेकाहरुलाई थरुहट मोर्चाको सहयोग
कैलाली, ९ वैशाख । बन्दाबन्दीमा काम नपाएपछि भोकभोकै बस्न बाध्य मजदुर र घर फर्किन नसकेका विद्यार्थीहरुलाई थरुहट थारुवान राष्ट्रियले राहत सहयोग गरेको छ ।
बन्दाबन्दी भएपछि काठमाडौ, ललितपुर र भक्तपुरका मजदुर र विद्यार्थीहरु राहत नपाएर भोकभोकै बसेका थिए । उनीहरु भगवान भरोसामा बाँच्दै आएको बताउदै थरुहटले राहत उपलब्ध गराएपछि खुशी व्यक्त गरे ।
उनीहरु भने ‘काठमाडौंमा पनि हामीले खाना दिने भगवान रहेछन् ।’ विभिन्न जिल्लाबाट मजुदुरी गर्न काठमाडौ छिरेकाहरु बन्दाबन्दी भएपछि घर फर्किन पाएनन् ।

मोर्चाले बन्दाबन्दी भएपछि समस्यामा परेका, खाद्यान्नको समस्या भएका मजदुर तथा विद्यार्थीहरुलाई खोजी गरि हिजो र आज गरेर उनीहरुकै ठाउँमा पुगेर राहत दिएको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले जानकारी दिए ।
उनले भने दुई दिनमा तीन सय जनालाई दाल, चामल, नुन र तेल उपलब्ध गराएको बताए । काठमाडौं, भक्तपुर र ललितपुरका दूई सय जना मजदुर र एक सय जना विद्यार्थीलाई राहत दिएको थारुले बताए ।
उनले भने कम्तिमा १० दिन पुग्ने खाद्यन्न दिएको छौं । कोठामा एक्लै बस्नेलाई ५ केजी, दूई जना बस्नेलाई १० केजी र ४ जना बस्नेलाई २० केजी चामल दिएका छौं । त्यहि अनुपातमा दाल नुन र तेल दिएका हौं । संयोजक थारुले भने ।
उनले खाना नपाएर भोकभोकै बस्नेलाई बन्दाबन्दी अवधि सम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।













