कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो

कैलाली, ९ वैशाख । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४५६ पुगेको छ । कोरोना भाइरसबाट आज विहान १०ः३० बजेसम्म विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४५६ पुगेको हो ।

सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५१७, इटलीमा २४ हजार ११४, स्पेनमा २० हजार ८५२ तथा फ्रान्समा २० हजार २६५ जनाको कोरोनाबाट मृत्यू भईसकेको छ । यस्तै भारतमा ५९२ जनाको मृत्यू भएको छ भने १८ हजार ६०१ जना संक्रमित भएका छन् ।

अहिले विश्वभर कोरोनाका २४ लाख ८१ हजार ९२५ संक्रमित भएका छन् जस मध्ये ६ लाख ५२ हजार ०९३ विरामी उपचारपछि घर फर्किसकेका छन् ।

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।