बन्दाबन्दीमा घरभाडा मिनाहा गरिदिन घरधनीसंग कै.उ.वा.सं.को अनुरोध
धनगढी, ८ बैशाख । नेपालमा बन्दाबन्दी भएको लगभग एक महिना पुग्नै लागेकोबेला कैलाली उद्योग वाणिज्य संघ कैलालीले घरधनीसंग घरबहाल मिनाह गरिदिन अनुरोध गरेको छ ।
सोमबार एक प्रेस वक्तव्य जारी गर्दै विश्वव्यापी कोरोना भाइरसको कारण सबै उद्योग, व्यापार, व्यवसायी बन्द भएको हुँदा घरधनीले घरबहाल मिनाह गरि सहयोग गरिदिन अनुरोध गरेको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ‘बन्दाबन्दी अबधिभर नेपाल सरकारले घरभाडा नलिन घरधनीसंग अव्हान गरे अनुसार कैलाली जिल्लाभरको व्यापार व्यवसायीक अभिभावक कै.उ.वा.सं. भएकोले जिल्ला भित्रका सबै घरधनीहरुले सो अवधिभरको घरबहाल नलिई सहयोग गरिदिन अनुरोध छ ।’
विज्ञप्तीमा लेखिएको छ । संकटकोबेला कुनैपनि व्यापार व्यवसायी सञ्चालन नभएको हुदाँ कम्तीमा तीन महिनाको सम्पूर्ण उद्योग व्यापारी, व्यवसायीहरुको बैंक व्याज मिनाह गरि व्यापार व्यवसायी प्रर्वद्धनमा सहयोग गरिदिन नेपाल सरकारसंग अुरोध छ ।














