सञ्चारकर्मी र सञ्चार गृहको घर भाडा मिनाहा गरिदिन महासंघ कैलालीकाे आग्रह
धनगढी, ८ बैशाख । नेपाल पत्रकार महासंघ कैलालीले सञ्चारकर्मी र सञ्चार गृहको घर भाडा मिनाहा गरिदिन आग्रह गरेको छ।
महासंघले आज विज्ञप्ती जारी गर्दै लकडाउनका कारण समस्या परेको भन्दै सञ्चार गृह र त्यहाँ कार्यरत सञ्चारकर्मीको घर भाडा मिनाहा गरिदिन आग्रह गरेको हो।
लकडाउनको समयमा जिल्लाका अधिकाशं पत्र पत्रिका प्रकाशन बन्द भएको छ ।
रेडियो, टेलीभिजन तथा अनलाईनहरुले समेत विज्ञापन विना नै नागरीकलाई सु–सुचित गराउने कार्यमा लागि रहेकाले सञ्चारगृहको घरभाडा र कोठा भाडामा बसेका पत्रकारको घरभाडा लकडाउन अवधिभरको मिनाहाको लागि सम्बन्धीत पक्ष संग आग्रह समेत गरेको छ ।














