अवैध भरुवा बन्दुक सहित एक महिला पक्राउ
कैलाली, ८ बैशाख । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुक सहित स्थानीय धनसरा गिरीलाई पक्राउ परेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले घरमा अवैध बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरिक्षक अनिष भण्डारी नेतृत्वको टोलीले खानतलासी गरी दुई नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए।
साथै लगभग ३६.९ क्युफिट सालको काठ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । गिरीका श्रीमान चन्द्रराज भने भाग्न सफल भएका छन्।














