लम्कीका कोरोना संक्रमित युवा अस्पतालबाट डिस्चार्ज

धनगढी,७ बैशाख । सेती प्रादेशिक अस्पतालमा कोरोना उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोश्रो र तेश्रो रिपोर्ट नेगेटिभ आए पछि सेती प्रादेशिक अस्पतालले डिस्चार्ज छ ।

गत चैत्र २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। रिपोर्ट आएको २४ घण्टा पछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गरेको जनाएको छ ।

भारको मुम्बइबाट गत चैत्र १२ गते घर फर्किएका उनलाई चैत्र २२ गते कोरोना पोजिटिभ देखिएको थियो।