बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय बृद्ध पक्राउ

कञ्चनपुर, ७ बैशाख । कञ्चनपुरमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय तारादत्त ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

परिवारका सबै सदस्य गहुँ काट्न गएकोबेला वृद्ध घरमा आएर बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

ओझा बिरुद्ध जबरजस्ती करणीको आरोपमा परेको किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले बताए।