निर्माण व्यवसायी संघद्वारा ८ हजार थान मास्क सहित एक लाख नगद सहयोग

धनगढी, ७ वैशाख । निर्माण व्यवसायी संघ कैलालीले ८ हजार थान मास्क सहित एक लाख १५ हजार रुपैया सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले नगरपालिकालाई चेक र मास्क हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) रोग विश्वव्यापी महामारीको रुप लिएको बेला मुलुकभरि लक डाउन छ । जुनकारण विपन्न तथा गरिव परिवारहरुको राहतको लागि सहयोग गरेको संघका अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपवहादुर वडलाई हस्तान्तरण गरे ।