श्रमिक महिलालाई सेनेटरी प्याड्सहित खाद्यान्न बितरण
ललितपुर, ६ वैशाख । घरधनीले सिफारिस नगरिदिदा वडा कार्यालयको राहत पाउन नसकेका श्रमिक महिलालाई चेन्ज एक्सन नेपालले पुनःप्रयोग गर्न मिल्ने प्याडसहितको राहत बितरण गरेको छ ।
काठमाडौं बालकुमारीस्थित प्रहरी चौकीले घरधनीबाट सिफारिस नपाएपछी राहत पाउन नसकेका श्रमिक महिलालाई राहत आवश्यक रहेको जानकारी दिएपछि पुनःप्रयोग गर्न मिल्ने सेनेटरी प्याडसहित २० जनालाई १५ दिन खान पुग्ने खाद्यान्न सहयोग गरेको चेन्ज एक्सन नेपालका अध्यक्ष इन्दिरा घलेले जानकारी दिइन् ।
यस्तै सो प्रहरी चौकीमा कार्यरत ३८ जना प्रहरीलाई नेपालमै बनेको धुन मिल्ने मास्क पनि बितरण गरेको पनि अध्यक्ष घलेले बताइन् ।
संस्थाले बन्दाबन्दी शुरू भएपछी उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी, बिपन्न, सुत्केरी, गर्भवती लगायतलाई सेनेटरी प्याडसहित एक परिवारलाई हप्ता १५ दिन पुग्ने खाद्यान्न बितरण गरिरहेको पनि घलेले जानकारी दिइन् ।













