फ्रान्सबाट फर्किएकी संक्रमित युवती सञ्चो भइन्
काठमाडौं, ६ वैशाख । नेपालमा दोस्रो संक्रमित युवती निको भएर घर फर्केकी छन् । चैतको ४ गते फ्रान्सबाट नेपाल आएकी ती युवतीलाई १० गते कोरोनाको संक्रमण देखिएको थियो ।
संक्रमण देखिएपछि यूवतीलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको थियो । यसअघि चीनबाट फर्किएका पहिलो संक्रमित विद्यार्थी पनि निको भएर फर्किसकेका छन् ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा ३० जनालाई संक्रमित देखिएको छ । त्यस मध्ये पहिलो र दोस्रो संक्रमित निको भएर घर फर्किएका छन् भने बाँकीको उपचार भइरहेको छ ।













