लम्कीका कोरोना संक्रमित युवा निको हुँदै, ४ जनाको पछिल्लो रिपोर्ट ‘पोजेटिभ’

धनगढी, ६ वैशाख । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ५ जना कोरोना भाइरस संक्रमितमध्ये १ जना युवक निको हुँदै गएका पाइएको छ ।

ती युवकको पछिल्लो स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना संक्रमण ‘नेगेटिभ’ आएको छ । अन्य ४ जनाको भने फेरि पनि ‘पोजेटिभ’ रिपोर्ट आएको छ ।

अस्पतालका प्रवक्ता डा। जगदिश जोशीले कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट ‘नेगेटिभ’ आएको बताए । यसअघिको उनको रिपोर्ट ‘पोजेटिभ’ आएको थियो ।

अर्को १ जनाको रिपोर्ट दोस्रो पटक पनि पोजेटिभ आएको छ । अन्य ३ जनाको भने तेस्रो पटकको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आएका युवाको पुनः परीक्षणमा लगातार २ पटक रिपोर्ट नेगेटिभ आए कोरोना निको भएको मानिने अस्पताल स्रोतले जनाएको छ । लोकान्तरबाट