कोरोनाबाट एक हप्तामा ५२ हजारको मृत्यू, हाल साढे एक लाख नाघ्यो
कैलाली, ५ वैशाख । कोरोना भाईरसका कारण पछिल्लो एक हप्तामा ५० हजारको मृत्यू भएको छ ।
विश्व तथ्यांक अनुसार चैत २८ गते राति सवा १० सम्म विश्वमा मृत्यु हुनेको संख्या १ लाख १५७ रहेको थियो । तर आज अर्थात बैशाख ५ गते राति १२ सम्म मृत्यू हुनेको संख्या १ लाख ५२ हजार ३१८ पुगेको छ । यो तथ्यांकले पछिल्लो एक हप्तामा ५२ हजार १६१ जनाको थप मृत्यू भएको देखाउँछ ।
सबै भन्दा बढि अमेरिकामा मृत्यू दर बढेको छ । पछिल्लो एक हप्तामा १८ हजार ४६ जनाको थप मृत्यू भएको तथ्यांकले देखाउछ । चैत २८ गते १७ हजार ९०९ जनाको मृत्यू भएको अमेरिकामा हाल ३५ हजार ९५५ पुगेको छ ।
यस्तै इटलीमा १८ हजार ८४९ जनाको मृत्यु थियो भने हाल २२ हजार ७४५ पुगेको छ । यहाँ एक हप्तामा ३ हजार ८९६ जनाको थप मृत्यू भएको देखाउछ । अहिले विश्वमा २२ लाख २२ हजार ९७४ जना संक्रमित पुगिसकेका छन् । यो तथ्यांकले एक हप्ताको अवधिमा ५ लाख ८३ हजार २०२ जना नयाँ संक्रमित थपिएको देखाउछ ।













