हसुलियामा रहेको क्वारेन्टाइन अनुगमन
हसुलिया, ५ वैशाख । कैलालीको हसुलियास्थित दिपेन्द्र माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनको आज अनुगमन गरिएको छ ।
कैलारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले क्वारेन्टाइनको अनुगमन गर्दै त्यहाँ बसेकाहरुको अवस्थाबारे जानकारी पनि लिएका हुन ।
सो क्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले १४ दिन क्वारेन्टाइनमा बिताएकाहरुलाई घर फर्किदा एक हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
क्वारेन्टाइन अवलोकनमा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, वडा अध्यक्षहरु कैलाश चौधरी, विष्णुप्रसाद चौधरी लगायतको सहभागी थिए ।
दिपेन्द्र माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा तीन महिला र ४३ पुरुष गरी ४६ जनालाई राखिएको थियो । क्वारेनटाइनमा दुई हप्ता बसेर नौ जना घर फिर्ता गइसकेका छन् । भने, ३७ जना अझै क्वारेन्टाइनमा रहेका छन् ।
सो गाउँपालिकामा हालसम्म ९९ पुरुष र २८ महिला गरी १२७ जनाको ¥यापिड डाइग्नोष्टिक टेस्ट गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले जानकारी दिए ।













